गौशालामा ३ थान ग्रिनेड फेला
काठमाडौँ महानगरपालिका–९ पशुपति राममन्दिर नजिकै ह्याण्ड ग्रिनेड भेटिएको छ । ३६ ह्याण्ड ग्रिनेड ३ थान फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
राममन्दिर नजिकै जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको ग्रिनेड सेनाको टोलीले डिस्पोज गरेको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । सो ग्रिनेड जेनजी प्रदर्शनको क्रममा ल्याएर फालेको आशङ्का गरिएको छ ।