शेखर गोल्छाको म्याद थप्न अदालतको अस्वीकार, अनुसन्धान जारी
व्यवसायी शेखर गोल्छाको म्याद थप्न अदालतले अस्वीकार गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिएको थियो । न्यायाशीध मोना सिंहको इजलासले गोल्छाको म्याद नथपेको हो ।
उनी दुई कसुरको अनुसन्धानका लागि पक्राउ परेका थिए । धितोपत्र र बीमासम्बन्धी अलग अलग मुद्दा छ । त्यसमध्ये सोमबार सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा मात्रै रिहा गर्न भनेकोले गोल्छा छुटेका थिएनन् ।
सीआईबीका प्रवक्ता एसएसपी शिव श्रेष्ठले अदालतको आदेशसम्बन्धी जानकारी आइनसकेको बताए । सीआईबी प्रमुख एआईजी डा. मनोज केसीले बयान भइसकेको हकमा अदालतले हिरासतमा नराखी अनुसन्धान गर्नु भन्न सक्ने बताए । गोल्छाको बयान सकिएको र थुनछेक बहस बाँकी छ ।