पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना हुँदा ५ जना घाइते
पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । खाडेखोला नजिकै जिप दुर्घटना हुँदा कुलपुजामा जाँदै गरेका घाइते भएका हुन् ।
उनीहरू बेगनासवाट सेतिदोभानतर्फ कुल पूजामा जाँदै थिए । बीएए ७८९९ नम्बरको जिप सडकमा पल्टिएको कास्की प्रहरीले जनाएका छन् । सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।