सुकुम्बासी बस्ती हटाउने अभियानप्रति सिके राउतको आलोचना, सामाजिक सञ्जालमा गजल पोस्ट
जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौंका सुकुम्बासी बस्ती हटाउने अभियानप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा हिन्दी गजल पोस्ट गरेका छन्।
भारतका गजलकार बशीर बद्दको उक्त गजलको भावअनुसार “घर बनाउनैमा सर्वस्व सकिन्छ, तर बस्ती जलाउँदा पनि कुनै दया हुँदैन” भन्ने सन्देश रहेको छ।
राउतले यसलाई सरकारको सुकुम्बासी हटाउने कदमप्रति सांकेतिक विरोधका रूपमा प्रस्तुत गरेका हुन्। उनले राज्यले बल प्रयोगभन्दा पहिले पुनर्स्थापनाको स्पष्ट योजना बनाउनुपर्ने र सुकुम्बासी समस्यालाई गम्भीरतापूर्वक समाधान गर्नुपर्ने बताएका छन्।
उनका अनुसार बस्ती हटाउने क्रममा अधिकार क्षेत्र र मानवीय पक्षलाई बेवास्ता गरिएको छ। साथै, उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र राज्यशक्तिको प्रयोगप्रति पनि आलोचना गरेका छन्।