सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध
बाढी तथा पहिरोका कारण देशका ४ राजमार्गमा सवारी साधनको आवागमनमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीका अनुसार भोजपुर, सिन्धुपाल्चोक, म्याग्दी र लमजुङका मुख्य राजमार्गमा अवरोध सिर्जना भएको हो ।
यसमध्ये, पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरुपमा अवरोध रहेको छ । यसैगरी, भोजपुरको मध्यपहाडी लोकमार्ग, म्याग्दीको बेनी जोमसोम सडकखण्ड र लमजुङको मध्यपहाडी लोकमार्ग भने एकतर्फी सुचारु रहेका छन् ।