विराटनगर विमानस्थलबाट स्रोत नखुलेको २६ लाख ९८ हजारसहित दुई जना पक्राउ
स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार काठमाडौँ जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रुपैयाँसहित पक्राउ गरिएको हो।
यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई पनि सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै जनाबाट बरामद गरिएको रकमको स्रोतबारे अनुसन्धान भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।