कपन गुम्बा क्षेत्रमा सुकुम्वासी बस्ती भत्काउन सुरु
काठमाडौँ उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ ।
सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र काठमाडौँ महानगरपालिकाको समन्वयमा काठमाडौंका विभिन्न स्थानमा जग्गा अतिक्रमण गरी अवैध रुपमा निर्माण गरिएको संरचना हटाउने क्रम जारी रहेको हो ।
कपन गुम्बा क्षेत्रमा पनि सुकुम्वासी बस्ती भत्काउन सुरु भएको छ । त्यहाँ रहेको सुकुम्वासीहरुलाई खाली गराएर डोजर चलाएको हो । कपनकै साततलेमा पनि सुकुम्वासी बस्ती खाली गर्न लागिएको छ ।
यसअघि आजै धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर क्षेत्रमा अव्यवस्थित तथा अतिक्रमित संरचना हटाइएको छ ।