बागमतीका चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन गरिने
बागमती प्रदेश सरकारले लाङटाङ राष्ट्रिय निकुञ्ज, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन विकास गर्ने योजना अघि बढाएको छ।
प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार दिगो पर्यटन प्रवर्द्धनका लागि यी चार निकुञ्ज छनोट गरिएको हो। जैविक विविधता, वन्यजन्तु अवलोकन, पदयात्रा र प्रकृतिमैत्री पर्यटनका लागि उपयुक्त मानिएका यी क्षेत्रमा पूर्वाधार विकासको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ।