नेकपा नेतृ यादवले लिइन् दलीय राजनीतिबाट संन्यास
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) की नेतृ पुनम यादवले दलीय राजनीतिबाट टाढा रहने घोषणा गरेकी छन् । लामो समयसम्म नेपालको कम्युनिस्ट राजनीतिमा सक्रिय यादवले आज सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै आफू तत्कालका लागि दलीय राजनीतिबाट टाढा रहनका लागि बिदा लिइएको जानकारी दिइन् ।
यादव गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रौतहट–३ बाट उम्मेदवार थिइन् ।
नेपाल र भारत सम्बन्ध बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी यादवको भारतीय हिन्दु धर्मगुरु र बलिउड कलाकारहरूसँग राम्रो सम्बन्ध छ । उनले यसअघि भारतीय कलाकार तथा धार्मिक गुरुहरूलाई नेपाल ल्याउनका लागि भूमिका निर्वाह गरेकी छन् ।
राजनीतिक वृत्तमा सम्भावना भएकी यादवले आफूले कुन कारणले यो निर्णय लिइन भन्ने विषयमा कुनै पनि कुरा खुलाएकी छैनन् ।