राष्ट्रिय दलित आयोगका सदस्यले दिए राजीनामा
राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार आफ्नो राजीनामा बुझाएका हुन्।
कामीले नेपालको संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम सदस्य पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार कामीको राजीनामा २०८३ जेठ १ गते शुक्रबारदेखि नै लागू हुनेगरी बुझाइएको छ।