नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे हिरासतमुक्त
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB) द्वारा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा हिरासतमा राखिएका ज्योतिप्रकाश पाण्डे हिरासतमुक्त भएका छन्।
सर्वोच्च अदालत का न्यायाधीशद्वय सारंगा सुवेदी र शान्तिसिंह थापा को इजलासले पाण्डेकी श्रीमती निरु दाहाल ले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई हिरासतमुक्त गर्न आदेश दिएको हो।
पाण्डेलाई बैंकको ऋण असुली प्रक्रियाका क्रममा मधेश जाने क्रममा सिन्धुली सदरमुकामबाट पक्राउ गरिएको थियो। तर अदालतले प्रारम्भिक सुनुवाइमा समग्र धितो तथा ऋण असुली प्रक्रिया बैंकिङ अभ्यासअनुसार भएको व्याख्या गरेको जनाएको छ।
आज भएको बहसमा सरकारी पक्षबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, लोकराज पराजुली तथा सहन्यायाधिवक्ता श्रीधर अर्याल सहित तीन जनाले बहस गरेका थिए।
त्यस्तै पाण्डेको पक्षबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, शम्भु थापा, रमण श्रेष्ठ लगायतले बहस गरेका थिए।