कांग्रेस दैलेखका सचिव खेमराज ओलीले दिए राजीनामा
नेपाली कांग्रेस दैलेखका सचिव खेमराज ओलीले राजीनामा दिएका छन् । शनिबार एक पत्र लेख्दै उनले पार्टीभित्र काम गर्न असहज भएको भन्दै पदबाट राजीनामा दिएका हुन् ।
‘अहिले देशमा अत्यन्तै असहज अवस्था आएको र अधिनायकवादी अवस्थामा देश सञ्चालन हुँदैछ,’ उनले भनेका छन्, ‘यो अवस्थामा लोकतान्त्रिक व्यवस्था नै खतरामा पुग्ने खतरा छ । यस्तो बेला हाम्रो पार्टी जिम्मेवार भई सबै नेता गणहरूको आपसी समझदारीबाट पार्टी सञ्चालन गरी पार्टी मजबुत गराई कार्यकर्ता र जनताको उच्च मनोबल बनाउनु पर्नेमा दैनिक पदीय लोभले पार्टी भित्र विवाद सिर्जना भएको छ ।’
यस विवादित अवस्थामा पार्टीको कामकाज गर्न पूर्ण रूपमा असहज सृजना भएकोले पार्टी सचिव पदमा नरहने राजीनामा दिएको उनले भनेका छन्।