छायाँ सेन्टर भत्काउन माग गर्दै सम्पदाप्रेमीहरूले गरे प्रदर्शन
काठमाडौंको ठमेलस्थित छायाँ सेन्टर भत्काउन माग गर्दै सम्पदाप्रेमीहरूले प्रदर्शन गरेका छन् । ठमेलको सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको भन्दै उनीहरूले छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गरेका हुन् ।
सम्पदा संरक्षण नेपालका सभापति कबिर डंगोल लगायतका अभियन्ताहरूले सर्वोच्च अदालततर्फ फर्केर माइतीघरमा प्रदर्शन गरेका छन् । सम्पदा मासेर बनाइएकाे कंक्रिट तत्काल भत्काउनुपर्ने उनीहरुकाे माग छ।