डा. जगदिश प्रसाद अग्रवाल प्रधानमन्त्री बालेन शाहको अवैतनिक स्वास्थ्य सल्लाहकार नियुक्त
सरकारले वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिनसमेत रहेका डा. अग्रवालले स्वास्थ्य नीति, जनस्वास्थ्य चुनौती र चिकित्सा शिक्षाको सुधारबारे प्रधानमन्त्रीलाई परामर्श दिनेछन्।
प्रधानमन्त्रीका सचिवालयका अनुसार डा. अग्रवालले कुनै पनि पारिश्रमिक नलिई विशेषज्ञका रूपमा सेवा दिनेछन्। प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको सन्दर्भमा यो नियुक्तिलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।