मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद
सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोली भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा रकम ल्याउने व्यक्तिहरू झोला फालेर भागेका थिए । बरामद रकमबारे थप अनुसन्धान र कारबाहीको सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।