महिला प्रतिनिधित्व ५० प्रतिशत पुर्याउन माग
काठमाडौँ — महिला अधिकारकर्मी तथा सरोकारवालाहरूले जेन–जी आन्दोलनपछि बनेको नयाँ सरकारले महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्याउनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र सञ्चारिका समूह नेपालद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले नेपालले महिला सहभागिता बढाएर विश्वमै उदाहरण प्रस्तुत गर्न सक्ने बताएका हुन्।
कार्यक्रममा लैङ्गिक हिंसा, प्रजनन अधिकार, डिजिटल हिंसा तथा कानुनी पहुँचका विषयमा समेत सुधार आवश्यक रहेकोमा जोड दिइएको थियो।