हुम्लामा काठको मुढाले च्यापिएर १४ वर्षीय बालकको मृत्यु
हुम्लाको सर्केगाड गाउँपालिका–८ मा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार सर्केगाड–८ निलकण्ठ आधारभूत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत १४ वर्षीय कविन्द्र बुढाको काठको मुढाले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।
भेडा चराउन गएका बुढा काठ चिरान गर्ने क्रममा मुढा पल्टाउने बेलामा मुढाले च्यापिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार सर्केगाड–८ का धनविर सार्की र सुकविर सार्कीले मुढा पल्टाउने क्रममा बालक च्यापिएका थिए।
घटनापछि धनविर र सुकविरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।