गृह मन्त्रालयद्वारा सशस्त्र प्रहरीका आइजिपी अर्यालको बिदाइ
आजदेखि अवकाशमा जान लागेका सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको गृह मन्त्रालयले बिदाइ गरेको छ। शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठलगायत अधिकारीले आइजिपी अर्यालको बिदाइ गरेका हुन्। चारवर्षे कार्यकालमा पुर्याएको योगदानबापत धन्यवाद दिएर उनको बिदाइ गरिएको हो।
आइजिपीको चारवर्षे पदावधि पूरा गरी अर्याल आजदेखि अवकाशमा जान लागेका हुन्। सरकारले सशस्त्र प्रहरीको नयाँ आइजिपीमा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। उनले शनिबारदेखि नेतृत्व सम्हाल्नेछन्।