पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि भारत जाँदै
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाने भएका छन्। भारतको आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन भट्टराई भारत जाने भएका हुन्।
उनी उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन लागेका हुन्। उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुनेछिन्।
कार्यक्रम डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा ११ वर्षदेखि आयोजना हुँदै आएको छ। कार्यक्रम वैशाख १ गते आयोजना गरिएको छ।
भारत भ्रमणका क्रममा वैशाख २ गते साउथ एसियन यूनिभर्सिटी नयाँदिल्लीको कार्यक्रममा भट्टराई पनि सहभागी हुने उनको सचिवालयले जनाएको छ। भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने कार्यतालिका रहेको छ।