मध्यपूर्व द्वन्द्वमा स्वास्थ्य सेवा लक्षित आक्रमण बढ्दो : डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभर स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको जनाएको छ।
डब्ल्यूएचओका अनुसार दैनिक स्वास्थ्य सेवा लक्षित आक्रमणको औसत ३.७ बाट बढेर ४.३ पुगेको छ। द्वन्द्व सुरु भएयता ५० भन्दा बढी स्वास्थ्य केन्द्र बन्द भएका छन् भने १६ अस्पतालमा क्षति पुगेको छ।
गाजा मा हाल एउटा मात्र अस्पताल पूर्ण रूपमा सञ्चालनमा रहेको जनाइएको छ। साथै लेबनान मा स्वास्थ्य संस्थामाथि १४९ आक्रमण रेकर्ड गरिएको डब्ल्यूएचओले जनाएको छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस ले यस्ता आक्रमणको निन्दा गर्दै सम्बन्धित पक्षलाई जवाफदेही बन्न आह्वान गरेका छन्।