अमेरिकी सहायक विदेशमन्त्री र रास्वपाका सभापति लामिछानेबिच भेटघाट
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन् । सोमबार मन्त्री कपुरले सभापति लामिछानेसँग भेटघाट गरेका हुन् ।
भेटमा उनले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । भेटमा नयाँ सरकारमा रास्वपाका प्राथमिकताहरूबारे छलफल भएको जनाइएको छ । साथै नेपाल र अमेरिकाबिच सहयोगका क्षेत्रहरूबारे छलफल भएको जनाइएको छ ।