पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेलको उम्मेदवारी
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको सभापति पदका लागि पूर्वाधार विज्ञ तथा सांसद आशिष गजुरेलले उम्मेदवारी दिएका छन् । समितिको नेतृत्व चयनका लागि सुरु भएको प्रक्रियामा गजुरेललाई उम्मेदवारको रूपमा अघि सारिएको हो ।
सिन्धुली क्षेत्र नं २ बाट निर्वाचित सांसद गजुरेल गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट २७ हजार ५ सय १७ मत ल्याएर विजयी भएका थिए ।
सांसद गजुरेल राजनीतिमा आउनुअघि भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा लामो समय विज्ञका रूपमा सक्रिय थिए । पूर्वाधार विकासका प्राविधिक पक्ष र यातायात व्यवस्थापनमा उनको विशेष दक्खल रहेको छ । सोही विशेषज्ञताका कारण उनलाई पूर्वाधार विकास समितिको सभापतिमा उपयुक्त पात्रका रूपमा हेरिएको छ ।