विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन
राजधानीस्थित नेपाल ल क्याम्पसका विद्यार्थीहरूले विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले रामशाहपथस्थित सडकमा मार्चपास गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
केही दिनयता विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा विरोध प्रदर्शन भइरहेका छन् । सरकारले विश्वविद्यालयहरूमा रहेका विद्यार्थी सङ्गठन खारेजी गर्ने तयारी गरिरहेको छ ।