मनोहराको सुकुमबासी बस्तीमा डोजरमाथि ढुंगामुढा
भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्ती खाली गर्न गएको डोजरमा बस्तीका स्थानीयले ढुंगामुढा गरेका छन् । शनिबार साँझ पुगेको डोजरलाई स्थानीयले ढुंगा प्रहार गरेपछि केहीबेर तनावको स्थिति भएको नगर प्रहरीले जनाएको छ ।
‘आजलाई केही तनाव भयो, भोलि बिहानैबाट डोजर चलाउँछौँ । आज सुरु मात्रै गर्न खोजेका थियौँ । काम त भोलि नै गर्ने हो,’ फिल्डमा रहेका एक नगर प्रहरीले जानकारी दिए ।
यसैबिच मनोहरामा रहेको सुकुमबासी बस्तीमा रिपोर्टिङका क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । साँझ करिब ७ बजे उनीमाथि स्थानीयबासीले आक्रमण गरेका हुन् । उनलाई सामान्य चोट लागेको छ । यसअघि काठमाडौँका दुई स्थानका सुकुमबासी बस्ती भने सरकारले शान्तिपूर्वक खाली गराइसकेको छ ।