जेनजी प्रदर्शनमा लुटिएका १८१ थान हतियार काठमाडौँबाट बरामद
जेनजी प्रदर्शन हुँदा प्रहरी कार्यालयबाट लुटिएको १८१ थान हतियार प्रहरी काठमाडौँबाट बरामद गरेको छ । हतियार लुटमा संलग्न ५१ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए।
भदौ २४ मा कारागारबाट भागेका १६२ जना कैदी र ९० जना थुनुवालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई सम्बन्धित कारागारमा पठाइएको एसपी भट्टराईले पत्रकार सम्मेलन गरेर जानकारी दिए।
त्यस्तै, काठमाडौँमा पछिल्लो ६ महिनामा आयोजित १२ वटा मेला पर्व, राजनीतिक प्रदर्शन र खेलकुदका कार्यक्रममा चुस्त सुरक्षा प्रदान गरिएको भट्टराईले बताए।