महान्यायाधिवक्ता कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दर्ता
महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले साेमबार सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
महान्यायाधिवक्ताको योग्यतामाथि प्रश्न उठाउदै रिट दायर गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । उक्त रिटको पेसी आउँदो वैशाख ३ गतेका लागि तोकिएको छ।
यसअघि बस्नेतको रिट गत चैत २७ गते सर्वोच्च अदालतका रजिष्ट्रारले दरपीठ गरिदिएका थिए । दरपिठविरुद्ध बस्नेतले सोमबार इजलास समक्ष निवेदन दिएका हुन्। उक्त निवेदनमाथि वैशाख ३ गते सुनुवाइ हुनेछ।
लामो समय बेलायत बसेर आएका कडेलसँग महान्यायाधीवक्ता हुन संविधानको धारा १५७ (३) र १२९ (५) ले निर्धारण गरेको योग्यता नभएको जिकिर बस्नेतले गरेका छन्।
धारा १५७ (३) अनुसार महान्यायाधीवक्ता हुन सर्वोच्च अदालतको न्यायाधीश सरहको योग्यता हुनुपर्ने उल्लेख छ। कँडेलसँग १५ वर्ष निरन्तर वकालत गरेको योग्यता नभएको दाबी छ।