साढे ४ करोड ठगेको आरोपमा दुई जना पक्राउ
प्रहरीले काठमाडौँबाट ४ करोड ५० लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा घर भएर काठमाडौँ बस्दै आएका ६२ वर्षीय शान्तिरमण पङ्गेनी र काठमाडौँको टोखा नगरपालिका–७ घर भएका ५८ वर्षीय टिका पङ्गेनी छन् । आरोपीहरूलाई बुधवार टोखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए ।
कमलप्रसाद ज्ञवालीले दिएको जाहेरीको आधारमा आरोपीहरू विरुद्ध चैत ५ का कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको एसपी कार्कीले जानकारी दिए ।