वीरगन्जमा बिहानै चल्यो डोजर
वीरगन्जमा आइतबार बिहानै डोजर चलेको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा मापदण्डभित्र परेका घर टहरामा डोजर चलाइएको हो ।
सडक विस्तारका लागि सडक डिभिजनका डोजर, जेसीबी र एक्साभेटर गरी ९ थान उपकरण र वीरगन्ज महानगरपालिकाका ४ वटा डोजर परिचालन गरिएको छ।
यसअघि सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न शनिवार माइकिङमार्फत सम्बन्धित पक्षहरूलाई जानकारी गराइएको थियो।