त्रिविका पदाधिकारी राजीनामा दिने तयारीमा
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन् । त्रिविका उपकुलपति प्राडा दीपक अर्यालका अनुसार सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश ल्याएपछि राजीनामाको तयारी भएको हो ।
त्रिवि स्रोतका अनुसार उपकुलपति अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिने तयारी गरेका हुन् ।