पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि फेसबुक पेज गायब
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पनि फेसबुक पेजमा समस्या देखिएको छ । केही समयदेखि उनको फेसबुक पेज देखिएको छैन् ।
यसबारे उनको सचिवालयले पनि जानकारी दिएको छ । सचिवालयले भनेको छ, ‘पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेजमा केही प्राविधिक समस्या देखिएको छ । हाल उक्त पेज पुनः प्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी सम्पूर्णमा अनुरोध छ ।’केही दिनअघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पनि पेजमा समस्या आएको थियो ।