पर्यटकलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
जर्मन नागरिकलाई कुटपिट गरी लुटपाट गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र सोह्रखुट्टे प्रहरी वृत्तको संयुक्त टोलीले आइतबार ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आरोपीहरूले एक जर्मन नागरिकलाई स्वयम्भू क्षेत्रमा भेटेपछि केही समय पछ्याएका थिए । त्यसपछि मौकाछोपी उनीमाथि कुटपिट गर्दै मोबाइल फोन लुटपाट गरेको आरोप छ ।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले ती जर्मन नागरिकको एटीएममा पैसा निकाल्न जाँदा पैसा खोस्ने प्रयाससमेत गरेको खुल्न आएको प्रहरीले जनाएको छ । त्यसक्रममा ती जर्मन नागरिकको मोबाइल खसेपछि युवकले उक्त मोबाइल लिएर फरार भएका थिए ।
पक्राउ पर्नेमा १८ वर्ष उमेर समूहका रचित चौधरी र दीपेश परियार रहेका छन् । भने एक जना नाबालकको भएको प्रहरीले जनाएको छ ।