चिडियाखानाको पोखरीमा डुबेका पुरुषको मृत्यु
ललितपुरको जावलाखेलस्थित चिडियाखानाभित्र एक पुरुष डुबेको अवस्थामा फेला परेका छन्। सोमबार बिहान पोखरीमा डुबेको अवस्थामा भेटिएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अन्दाजी ५५ वर्षीय पुरुषलाई उद्धार गरी तत्काल पाटन अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
ती पुरुष चिडियाखानाभित्र कसरी र कहिले प्रवेश गरे तथा डुबेर ज्यान कसरी गयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।