गैह्रीगाउँमा डोजर र स्काभेटर: धमाधम भत्किँदै घरटहरा
काठमाडौँ महानगरपालिका वडा–९ स्थित बागमती किनारामा रहेको गैह्रीगाउँको सुकुमबासी बस्तीमा पनि डोजर चलेको छ । यसअघि सरकारले थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाएर सबै टहरा भत्काएको थियो ।
थापाथलीबाटै प्रहरीसहित टोली गैह्रीगाउँ पुगेको हो । गैह्रीगाउँमा थापाथलीको तुलनामा ठुला र पक्की घरसहित बस्ती छन् । यहाँ महानगरपालिकाबाट २ वटा र सडक विभागबाट ४ वटा गरी ६ वटा डोजर तथा स्काभेटर प्रयोग भइरहेका छन् ।