झापामा निःशुल्क स्वास्थ्य शिविर, ३१५ जनाले सेवा लिए
झापा — झापा जिल्लाको भद्रपुर नगरपालिका–३ हातिमारास्थित अरनिको माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको २५औँ स्थापना दिवसको अवसरमा नं. २ गण झापाको आयोजना तथा बी एण्ड सी अस्पताल बिर्तामोड र फिल्ड अस्पताल पकलीको सहकार्यमा शिविर आयोजना गरिएको हो।
भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशी, स्थानीय जनप्रतिनिधि, चिकित्सक तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा १ सय ७५ महिला र १ सय ४० पुरुष गरी कुल ३ सय १५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। साथै, बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको आयोजकले जनाएको छ।