सुर्खेत–२ मा मतगणना सुरु
सुर्खेत—२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकपछि मतगणना सुरु भएको हो । १ लाख २७ हजार मतदाता रहेको सुर्खेत–२ मा ७३ हजार मत खसेको छ ।
यहाँ एमालेबाट कुलमणि देवकोटा, कांग्रेसबाट नारायण कोइराला, नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल, रास्वपाबाट रमेशकुरमा सापकोटा लगायत १७ जना उम्मेदवार छन् ।