दोलखाको मतदान स्थलमा विवाद भएपछि हवाइफायर
बिहीबार बिहान ७ बजेदेखि सुरू भएको प्रतिनिधि सभा निर्वाचनको क्रममा तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि हवाइ फायर गरिएको हो।
मतदान गर्ने क्रममा विवाद भएपछी स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरिएको दोलखा सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए।
'निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गरेपछि हवाइ फायर गरिएको हो। अहिले अवस्था सामान्य छ,' आलेले भने।