पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना
पूर्वऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्का उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।आइतबार पक्राउ परेका खड्कालाई अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनलाई आज बिहान करिब ३ बजे अस्पताल लगिएको स्रोतले जनाएको छ।
भदौ २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित अनुसन्धानका क्रममा खड्काको घरमा भेटिएको जलेको रकमको विषयमा छानबिन भइरहेको छ। उक्त घटनाबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको छ, जसअन्तर्गत जलेका नोटका टुक्रा र खरानीसमेत संकलन गरिएको थियो।