ओलीलाई उनकै गाडीमा राखेर प्रहरी परिसर लगियो
प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परसर लगेको छ । आज बिहान उनलाई गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको छ ।
ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ।