चैत १२ देखि १४ सम्मदेशभर एमएडब्लु वृद्धिको मेगाएक्सचेन्ज
एमएडब्लु वृद्धिले आफ्नो लोकप्रियइभी ब्रान्डहरु दिपल, अवतार, नामीर सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ ।आगामी १२ चैतदेखि १४ चैतसम्मदेशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमाअब्बलइभीमा अपग्रेड हुने सबैभन्दाउत्तम समय हुनेछ ।
मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्षनगद बचत, पुराना गाडीहरुको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्जबोनस,निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दालामो एक्सटेन्डेड वारेन्टी जस्ता सुविधा प्राप्त गर्ने छन् ।
नेपालमा दिगो यातायात तर्फको रुपान्तरण तीव्र बन्दै गइरहेको अवस्थामा एमएडब्लु वृद्धि नविन तथा ग्राहक केन्द्रित पहल मार्फत इभीको स्वामित्वलाई सहज बनाउन प्रतिबद्ध रहेको छ । बढ्दो इन्धनमूल्य, वातावरणीय सचेतनातथाआकर्षक एक्सचेन्ज सुविधाका कारण यो कार्निभल इभीमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर बनेको छ ।
काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भर ओकबैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधे राधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिनेछ । उपत्यकाबाहिर भने यो कार्यक्रम दिपल, नामीतथा सेरेसका सम्बन्धित सोरुमहरुमा आयोजना हुनेछ जसले देशभरका ग्राहकलाई यो अभुतपूर्व अवसरको फाइदा उठाउन सहज बनाउने छ ।
यी आकर्षक अफरहरुका अतिरिक्त कार्यक्रमा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरु जस्ता मनोरञ्जनात्मक गतिविधिहरु पनि समावेश गरिनेछ जसले सम्पूर्ण परिवारका लागि रमाइलो र अन्तरक्रियात्मक अनुभव प्रदान गर्नेछ ।