मनाङमा खस्यो ४० प्रतिशत मत
हिमाली जिल्ला मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार ४० प्रतिशत भन्दा केही मात्रै बढि मत खसेको रिपोर्टिङ भएको छ ।
चिसो सुरु भइसकेकोले अब मत खासै नखस्ने उनले बताए । ‘चिसो सुरु भैसक्यो । अब यो भन्दा उल्लेख्य मत खस्ने सम्भावना छैन । कम जनसंख्या भएकोले मतदाता पनि बेलैमा आएर फर्किएका छन्,’ उनले भने, ‘अब केही प्रतिशत मात्रै बढ्छ ।’ बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।