भारतको इन्दौरमा कार चार्ज गर्ने क्रममा विस्फोट, ७ जनाको मृत्यु
भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार कार चार्ज गर्ने क्रममा विस्फोट हुँदा हुँदा कम्तिमा सात जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । आगलागीको घटनामा केही व्यक्तिहरू घाइते भएको पुष्टी गर्दै एक दम्पतीको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ ।
दुर्घटना मध्य प्रदेशको इन्दौर सहरमा स्थानीय समय अनुसार विहान करिब चार बजे भएको हो । अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिएपछि घटनास्थलबाट सात जनाको शवको बरामद गरेको गर्नुका साथै घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार विद्युतीय कारको चार्जरमा सर्किट सर्ट भएका कारण आगलागी भएको हो । विस्फाेट हुँदा नजिकै राखिएका पेट्रोलियम सिलिन्डरमा आगलागी हुँदा घर भित्र छिटै आगो फौलिएको जनाइएको छ ।