सुर्खेत–२ मा कांग्रेसको सुरुवाती अग्रता
सुर्खेत–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । २९० मत गणना गर्दा कांग्रेसका नारायण कोइरालाले ८२ मत पाएका छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार झकबहादुर मल्लले ७८ मत पाएका छन् भने एमालेका कुलमणि देवकोटाले ७२ मत पाएका छन् ।
यस्तै रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले ४० मत पाएका छन् । निर्वाचन अधिकृत उज्जल रावलका अनुसार, गणना भएकामध्ये १० मत बदर भए ।