भारतीय प्रधानमन्त्रीको ‘डीप फेक’ भिडियो फैलाएको आरोपमा १ जना नियन्त्रणमा
सामाजिक सञ्जालबाट भारतीय प्रधानमन्त्रीको’एआई जेनेरेटेड डीप फेक’ भिडियो पोस्ट गरी अफवाह फैलाएको अभियोगमा चितवन प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार भरतपुर १६ घर भएका नन्द प्रसाद भट्टलाई आज नियन्त्रणमा लिइएको हो ।
उनले फागुन २० गते नियन्त्रणमा लिइएको हो। भट्टले फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने उद्देश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कली भिडियो राखेको उनले जानकारी दिए ।
प्रहरीले निर्वाचन गतिविधिलाई समेत प्रत्यक्ष असर पारेको भन्दै नियन्त्रणमा लिएको खनालले जानकारी दिए । भिडियोमा नरेन्द्र मोदीले बालेन साहलाई भोट मागेर बनाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।