गोरखा २ मा रास्वपाका कवीन्द्र बुर्लाकोटी विजयी
गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कवीन्द्र बुर्लाकोटी विजयी भएका छन् । निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार बुर्लाकोटी २६ हजार ६६० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
बुर्लाकोटी निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै विजयी बने । दवाडीले ११ हजार ७०० मत मात्र प्राप्त गरेका छन् । नेकपाका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत ल्याए ।
एमालेका मिलन गुरुङ (चक्रे मिलन) ले भने ३ हजार ८७ मत मात्र ल्याएको कार्यालयले जनाएको छ । कुल एक लाख ५५ हजार ५३३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५७ हजार १५६ मत खसेको थियो । खसेकोमध्ये ५४ हजार १४७ मत सदर र तीन हजार नौ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।