प्युठान–१ मा कांग्रेसका डा.गोविन्दराज पोखरेलको अग्रता
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्युठान निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेलले अग्रता कायम गरेका छन् । डा.पोखरेलले हालसम्म १९८४ मत प्राप्त गरेका छन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशान्त वैदिकले पछ्याइरहेका छन् । वैदिकको पक्षमा हालसम्म १४०५ मत खसेको छ।
त्यसैगरी, राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक बहादुर जीसी तेस्रो स्थानमा देखिएका छन् । जीसीले हालसम्म ४३९ मत प्राप्त गरेका छन् ।