चितवन ३ मा साेविता साढे चार हजार बढी मतले अघि
चितवन ३ मा रास्वपाकी साेविता गौतमकै अग्रता निरन्तर छ। पछिल्लाे अद्यावधिक परिणामअनुसार उनले ९ हजार ८७४ मत पाएकी छन्।
उनकी निकटतम प्रतिद्वन्द्वी नेकपाकी रेनु दालहालले ५२५४ मत ल्याएकी छिन्। उनीहरूबीचकाे मतान्तर साढे चार हजार बढी छ।