रवि लामिछाने अस्वस्थ भएपछि रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्दै
सभापति रवि लामिछाने अस्वस्थ भएपछि रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ । यसअघि भाैतिक रूपमा बैठक बस्ने सूचना आएपछि नेताहरू पार्टी कार्यालय पुगेका थिए ।
तर सभापति लामिछाने अस्वस्थ भएपछि उनी भर्चुअल रूपमा मात्रै बैठकमा उपस्थित हुन लागेका हुन् । बैठक भर्चुअल बस्ने भएपछि नेताहरू पार्टी कार्यालयबाट फर्किन थालेका छन् ।