इलाम–१ मा कांग्रेसका निश्कल राईको अग्रता कायमै
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् इलाम–२ को मत गणनामा नेपाली कांग्रेसका निश्कल राईले अग्रता कायमै राखेका छन्।
राईले ११ हजार १६५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १० हजार ८२५ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजिमान कागतेले १० हजार २३७ र चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल गदालले ६ हजार ७५८ मत ल्याएका छन्।