अछाम-२ मा एमालेका बोगटी विजयी
अछाम-२ मा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन् । नौ हजार ५१८ मत पाएर बोगटी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार पुष्पबहादुर शाहले नौ हजार ४६ मत पाए ।
निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार बोगटी ४७२ मतले विजयी भएका हुन् । यस्तै नेकपाका बलबहादुर कुँवरले छ हजार ४९३ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भूपदेव शाहले चार हजार ५६२ मत पाए ।
शाह रास्वपाका वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर छँदा स्वकीय सचिव थिए । उनी बालेनसँगै महानगरको जिम्मेवारीबाट बाहिरिएर चुनाव लडेका हुन् । भूपदेवलाई सहयोग गर्न बालेन पनि उनको निर्वाचन क्षेत्रमा पुगेका थिए ।