सर्लाही–४ मा प्रारम्भिक अग्रता अमरेश सिंहलाई, गगन थापा दोस्रो स्थानमा
सर्लाही क्षेत्र नम्बर ४ को मतगणना सुरू भएको छ। प्रारम्भिक मतगणनाअनुसार रास्वपा उम्मेदवार अमरेश सिंह ९७६ मतसहित अघि छन्।
यसपछि नेपाली कांग्रेसका उम्मेदवार गगन थापा छन्। उनले ७४४ मत ल्याएका छन्। जनमतका उम्मेदवारले ५११ र एमालेका उम्मेदवारले १९५ मत ल्याएका छन्।